नेहाल खान, वीरगन्ज, १४ माघ । साउथ जोन मा.वि को १० औँ वार्षिक उत्सवको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना गरेका छन् ।
साताव्यापी कार्यक्रम अन्तर्गत प्रथम दिन मानव सेवा आश्रममा रहेका आश्रित बृद्धबृद्धाहरुलाई खाद्यान्न सामग्री, स्वास्थ्य सामग्री र स्ट्रेचर लागयतका सामानहरु मानव सेवा आश्रमको प्रांगणमा हस्तान्तरण गरिएको छ ।
साउथजोन माध्यमिक विद्यालयका प्रधानध्यापक सरोज चौधरीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रमका सहयोगी प्रकाश थारुलाई हस्तान्तरण गरिएको थियो ।
विभिन्न सर–समानहरुलाई आश्रममा भएका सेवा दिने युवा युवतीहरुलाई विद्यालयका प्रधानध्यापक सरोज चौधरीले बेडसिट, खाद्यन्य सामाग्री, औषधिहरु दिएका थिए । विद्यालय मा रहेका कक्षा ९ मा अध्यनरत १२९ जना छात्रछात्राहरुले यस १०औँ वार्षिक उत्सव कार्यक्रमको साताव्यापी अभियानमा सरिक भई मानव सेवा आश्रममा आएका थिए ।
तपाईको प्रतिक्रिया