विष्णु भण्डारीको ‘सुनको पहाड’ सार्वजनिक

समाचार

9/25/2019

काठमाडौं, ७ असोज । आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ ।

राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित समारोहमा नेता राम कार्की, लेखक डा. अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले उपन्यास संयुक्त रूपमा सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै नेकपा नेता एवं पूर्वमन्त्री राम कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नु परेको पीडालाई प्रस्तुत गरेको बताए ।

उनले उपन्यासको सबैभन्दा बलियो पक्ष भनेको भाषाशैली भएको बताउँदै उपन्यासमा प्रौढ र खारिएको भाषा आएको बताए । घटनाको प्रस्तुति सही र रोचक तरिकाले गरिएको हुँदा उपन्यास पढुँपढुँ लाग्ने खालको बनेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ