काठमाडौं, ६ माघ । मानव अधिकार तथा शान्ति समाजले कारागार अनुगमन अभियान प्रारम्भ गरेको छ ।
यस क्रममा हालै दाङ तुल्सीपुर, अर्घाखाँची, नवलपरासी सुस्ता पश्चिम, संखुवासभा, र दाङ घोराहीस्थित ५ वटा कारागारहरुको मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाहरुले अनुगमन गरेको छ ।
समाजका अनुसार कारागारहरुमा क्षमताभन्दा अत्याधिक बढी बन्दी रहेको पाइएको छ । कारागार अनुगमन सम्बन्धी विस्तृत प्रतिवेदन शान्ति समाजले २०७६ वैशाखमा सार्वजनिक गर्नेछ ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न र सत्याग्रही प्रा.डा. गोविन्द केसीसँग विगतका सरकारहरुले गरेका सहमतिहरु शिघ्र कार्यान्वयन गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरेको अभियानका क्रममा जिल्ला जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने क्रममा कास्की, धनकुटा, कैलाली, पाल्पा, सुर्खेत, संखुवासभा, चितवन गरी थप ७ जिल्ला शाखाका प्रतिनिधिमण्डलले स्थानीय जिल्ला प्रशासन कार्यालय÷इलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
तपाईको प्रतिक्रिया