शहीदनगरमा बिना दर्ता सञ्चालित विद्यालयहरु बन्द गरिने

समाचार

4/23/2019

धनुषा, १० बैशाख । शहीदनगर नगरपालिकाभित्र बिना दर्ता सञ्चालित विद्यालयहरु बन्द गरिने भएको छ ।

शहिदनगर नगरपालिका नगर शिक्षा समितिद्वारा आयोजित तथा नगर प्रमुख उदय कुमार बरबरियाको प्रमुख आतिथ्यमा सुरक्षा निकायसँगको बैठकमा सो निर्णय गरिएको हो ।

उक्त बैठकमा बिना दर्ता भएको विद्यालयहरु बन्द गराउन नगरपालिका, नगर शिक्षा समिति, इलाका प्रहरी कार्यालय र शसस्त्र प्रहरी बल रहने गरी कार्य दलसमेत गठन गरिएको छ ।

उक्त बैठक नगर शिक्षा समितिकको सभापति रमरतन पासवानको सभापतित्वमा सम्पन्न भएको छ ।

नगर शिक्षा समिति सदस्य राजकुमार कर्माचार्य, प्रदिप कुमार साह, स्रोत बयकती धनेश्वर यादब, इन्स्पेक्टर भीम खड्का, सशस्त्र इन्स्पेक्टर किस्माना तामाङ तथा नगर शिक्षा समिति सदस्यहरुको उपस्थिति रहेको नगरप्रमुख बरबरियाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ