रौहतट, ३० बैशाख । गरुडा नगरपालिका ८ जिगडियास्थित सडकमा जेएच ०६ सि १००१ नम्बरको स्कारपियो गाडीको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ४० वर्षीया सहना खातुनको मृत्यु भएको छ ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको हेल्थ ल्याण्ड अस्पताल गरुडामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै उक्त गाडी अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका चालकसमेत अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया