नेपालगञ्ज, १२ कार्तिक । नेपालगञ्जमा सङ्क्रमणकालीन न्याय प्रक्रियाको पीडित केन्द्रित समाधानका लागि प्रादेशिक सम्मेलन गरिएको छ ।
द्वन्द्वपीडित साँझ चौतारीको आयोजनामा भएको उक्त सम्मेलनमा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका द्वन्द्वपीडितको सहभागिता रहेको छ ।
सम्मेलनमा हतियार तथा लडाकू व्यवस्थापन प्रक्रिया र सङ्क्रमणकालीन न्याय तथा सङ्क्रमणकालीन न्याय प्रक्रियामा कसरी विश्वास निर्माण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिनुका साथै सहभागीबाट सुझाव सङ्कलन गरिएको छ । सम्मेलनमा द्वन्द्वपीडितको राष्ट्रिय बडापत्रमा कस्ता कस्ता बुँदाहरू समेट्ने भन्ने विषयमा समेत छलफल भएको थियो ।
द्वन्द्वपीडित साँझ चौतारीका अध्यक्ष भागिराम चौधरी, संस्थापक अध्यक्ष सुमन अधिकारी, राष्ट्रपति कार्यालयका सल्लाहकार सुशील प्याकुरेल मानव अधिकारकर्मी तथा अनुसन्धानकर्ता गेजा शर्मा वाग्ले र टीका ढकाललगायतले सहजीकरण गरेका थिए ।
तपाईको प्रतिक्रिया