सञ्चारकर्मी चौधरी ‘उत्कृष्ट सूचनाको हकको अभियन्ता’ बाट सम्मानित

समाचार

9/28/2018

काठमाडौं, १२ असोज । राष्ट्रिय सूचना आयोगले काठमाडौंमा महोत्तरी जिल्लाका क्रियाशील पत्रकार राकेश प्रसाद चौधरीलाई ‘उत्कृष्ट सूचनाको हकको अभियन्ता’को रुपमा सम्मानित गरेको छ ।

सूचनाको हकको सर्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पत्रकार एवं अभियन्ता चौधरीलाई कदर पत्र र तीस हजार नगदसहित सम्मानित गरेका हुन् ।

विशेष कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा, आयुक्त यशोदादेवी तिम्सिना, लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीसहितको मुख्य अतिथिहरुको उपस्थिती थियो ।

चौधरीसँगै सो विशेष अवसरमा अन्य छ जना सूचनाको हकको अभियन्ता एवं चारजना सूचना अधिकारीहरुलाई समेत कदरपत्र एवं नगदसहित सम्मानित गरिएको हो ।

सञ्चारकर्मी चौधरीलाई यसअभन्दा पहिला पनि राष्ट्रिय सूचना आयोगले दुई पटक सम्मानित गरिसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ