सिन्धुलीमा एकीकरण पदमार्ग बनाउँदै अभियन्ताहरु

समाचार

5/9/2019

सिन्धुली, २५ बैशाख । सिन्धुलीका केही युवाले आफ्नो जिल्लाको विकासमा योगदान दिन स्थापना गरेको समृद्ध सिन्धुली अभियानले नेपाल एकीकरणका क्रममा गोर्खाली सेनाले यात्रा गरेका स्थलहरुलाई पर्यटकीय पदमार्गले जोड्ने भएका छन् ।

अभियानले काभ्रेको नमोबुद्धबाट ऐतिहासिक सिन्धुलीगढी हुँदै सिन्धुलीकै फिक्कलसम्म र अर्को ऐतिहासिक स्थल हरिहरपुरगढी र सिन्धुलीगढीलाई पदमार्गले जोड्न लागेकको राजधानीमा मंगलबार आयोजित कार्यक्रमममा अभियन्ताहरुले जानकारी दिए ।

अभियानले गत बर्ष नमोबुद्धदेखि सिन्धुलीगढीहुँदै फिक्कलसम्मको पदमार्ग अध्ययन गरेको थियो । यस बर्ष हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म अध्ययन गरिएको अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए ।

अभियानले पर्यटन बोर्डसँगको सहकार्यमा राजधानीमा सिन्धुलीका सबै स्थानीय तहका पर्यटकीय, सांस्कृति, धार्मिक स्थलहरु, विभिन्न जातजाती, तिनका भेषभुषा र संस्कृतिलाई समेटेर तस्बिर प्रदर्शनी फोटो सिन्धुली गरिरहेको छ ।

त्यसै अबसरमा पर्यटन बोर्डमा आयोजिक कार्यक्रममा अभियानका संयोजक घिमिरेले पदमार्ग अध्ययनको निस्कर्ष सरोकारवालासामु प्रस्तुत गर्दै तत्कालीन गोर्खाली सेनाले नेपाल एकिकरण क्रममा हिँडेको बाटोलाई पर्यटकीय पदमार्ग बनाउन अभियानले काम थालेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ