सनशाइनको २१औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

समाचार

9/13/2019

कपिलवस्तु, २७ भाद्र । कपिलवस्तुमा सनशाइन सामाजिक विकास संस्थाको २१औं वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

‘रक्तदान जीवन दान’ भन्ने मूल नाराका साथ संस्था आफ्नो स्थापना दिवसको २१औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरेको हो ।

प्रत्येक स्वस्थ युवा युवतीले रक्तदान गर्न सक्ने भनि संस्थाले गरेको पहलबाट अधिकांश युवाहरुले रक्तदान गरेको कुरा संस्थाका कार्यकारी संयोजक कृष्ण कुमार श्रेष्ठले बताएका छन् ।

रक्तदान कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्दै बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ उपाध्यायले भने ‘एक थोपा रगतले कसैको ज्यान बच्न सक्छ, त्यस कारण नै “रक्तदान जीवन दान” हो ।’

रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष तुलसीराम यादवको अध्यक्षता, बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ उपाध्याय प्रमुख अतिथ्यता, बुद्धभूमि नगरपालिका वार्ड नं. १० का वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्दको विशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा सशस्त्र प्रहरी बल कपिलवस्तुका प्रहरी निरीक्षक डबल बहादुर (अर्जुन) ए.डी को उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रम बुद्धभूमि नगरपालिका कपिलवस्तुको सहियोग तथा सनशाइन सामाजिक विकास संस्थाको आयोजनामा भएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल कपिलवस्तु, नेपाल प्रहरी, स्थानीय युवाहरु र सनशाइन सामाजिक बिकास संस्थाका सदस्य तथा कर्मचारीहरुले रक्तदान गरेका थिए ।

बुटवल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा ३७ यूनिट रगत संकलन भएको कुरा संस्थाका सचिव रामसेवक यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ