सभामुख तथा प्रतिनिधिसभा सदस्यको पदबाट राजीनामा दिन नेकपाको निर्णय

समाचार

10/1/2019

काठमाडौं, १४ असोज । संघीय संसदको महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेका प्रतिनिधिसभाका सभामुखलाई नेपाल कम्युनिष्ट पार्टीले राजीनामा दिन सुझाव दिएको हो ।

मंगलबार बालुवाटारमा भएको नेकपा सचिवालयको बैठकले सभामुख महरालाई यस्तो सुझाव दिएको हो ।

नेकपाको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले महरालाई सभामुख तथा प्रतिनिधिसभाको सदस्य पदबाटसमेत राजीनामा दिई अनुसन्धान कार्यमा सहयोग पु¥याउन सुझाव दिएको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ