सामाजिक परीक्षण सम्पन्न

समाचार

10/5/2018

कपिलवस्तु, १८ असोज । कपिलवस्तु संस्थागत विकास समिति तौलिहवाले आर्थिक वर्ष २०७४।७५ मा सम्पादित कार्यहरुको सामाजिक परीक्षण रंगपुरमा सम्पन्न गरेको छ ।

संस्थाले यशोधरा गाउंपालिका र मायादेवी गाउँपालिकामा स्वास्थ्य, शुसासन तथा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

सो अवसरमा सामाजिक परिक्षणको प्रस्तुती गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष प्रविण कुमार श्रीवास्तवले गरेका थिए ।

सो अवसरमा यशोधरा गाउंपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयले संस्थाले सामाजिक परिक्षण गरि पारदर्शिताको काम गरेको बताए । संस्थाले समाजमा गरेका कामहरुले नै समाज परिवर्तन भएको हुदां प्रत्यक वस्तीहरुमा गएर सामाजिक क्षेत्रमा लाग्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ