“द पब्लिक” सम्पादक दम्पतीद्वारा अंगदान

समाचार

6/27/2019

काठमाडौं, १२ असार । नेपालमा हजारौं मान्छेहरुको अकालमा मृत्यु भइरहेको छ । कसैको मृगौलामा समस्या देखिएको कारणले त कसैको कलेजो र कसैको फोक्सो । आजकल अस्पतालहरुमा यस्ता कयौं बिमारीहरु यसको पर्खाइमा तथा खोजिमा रहेका छन् कि कसैले उनीहरुलाई अंगदान गरेर उनीहरुको अकाल मृत्युबाट जोगाओस् तर उनीहरुको आवश्यकता अनुसारको माग पूरा हुन सकिरहेको छैन । किनकि हाम्रो देश नेपालमा अहिलेसम्म अंगदानको बारेमा जागरूकता फैलिएको छैन ।

शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र भक्तपुरको अनुसार अहिलेसम्म लगभग तीन करोड नेपालीमा जम्मा १८२ जनाले मात्र आफ्नो मृत्यु पश्चात् अंगदान गर्ने प्रतिबद्धता गरेका छन् ।

“अंगदान, महादान” को भावनाबाट पे्ररित र मृत्युपश्चातु् आफ्नो अंग अग्निको समर्पित गर्नुको गर्नुको सट्टा कुनै बिरामी तथा आवाश्यक व्यक्तिको काममा आउन सकोस् भन्ने सकारात्मक सोच तथा चिन्तनको साथमा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य र ‘द पब्लिक’ संपादक/प्रकाशक वीणा सिन्हा र उनका श्रीमान् ई.मनोज कुमार वर्माले आफ्नो वैवाहिक जीवन २० वर्ष पुगेको सुखद उपलक्ष्यमा शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा गएर आफ्नो मृत्यु पश्चात् मृगौला, मृटु, फोक्सो, कलेजो, प्याङक्रियाज र सानो आन्द्रा आवश्यक परेको जुनसुकै बिमारी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्नको लागि स्वेच्छाले दान गरेका छन् ।

त्यस्तै २०७४ मा वीणा–मनोज दम्पतिले तिलगंगा आँखा अस्पतालमा आफ्नो मृत्युपश्चात् आँखा दान गरेका छन् । उनीहरुको विश्वास छ कि उनीहरुको यस्तो कदमले अन्य मान्छेहरु पनि यसबाट पे्ररित भई स्वेच्छाले आफ्नो मृत्यु पश्चात् अंगदान गरेर कयौं बिमारीहरुको अकालमा मृत्युबाट जोगाउनेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ