सिमरा, २५ साउन । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अन्तर्गत पर्ने रातो पुल नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना घाईते भएका छन् ।
हेटौँडाबाट वीरगञ्ज आउँदै गरेको ना ४ ख ८२५७ नम्बरको यात्रुबाहक बस ओरालो बाटोमा अनियन्त्रित भएर पल्टिँदा उक्त दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सिमराका ईन्चार्ज प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिए ।
पुरीले प्रारम्भीक अनुसन्धानमा ब्रेक फेल भएर उक्त दुर्घटना भएको पाईएको छ । घाईते मध्ये १६ जनाको अवस्था मध्यम रहेको र अन्य सामान्य रहेको पुरीले बताए ।
उनका अनुसार घाईते मध्ये केहिको हेटौँडा अस्पताल र अन्यको चुरेहिल अस्पतालमा उपचार भइरहेको बताए ।
तपाईको प्रतिक्रिया