काठमाडौं, १९ जेठ । समावेशी आयोगका अध्यक्ष शान्तबहादुर सुवेदीलाई लोक दलका अध्यक्ष कौशलकुमार सिंहले माग पत्र बुझाएका छन् ।
पिछडा वर्गको अधिकार र आरक्षणबारे समावेशी आयोगका अध्यक्ष सुवेदीलाई आइतबार लोक दलका अध्यक्ष सिंहले माग पत्र बुझाएका छन् ।
लोक दलका अध्यक्ष सिंहले पिछडा वर्गलाई जनसंख्याको आधारमा समानुपातिक सहभागिताका लागि आयोगले सक्रियता देखाउनुपर्ने लगायतका पिछडा वर्गको अन्य सहभागिताको विषयमा धारणा राखेका थिए ।
आयोगका अध्यक्ष सुवेदीले लोक दलले पिछडा वर्गको अधिकारबारे देखाएको चासोलाई सकारात्मक रुपमा लिँदै आफूले संविधानभित्र रहेर पिछडा वर्गको अधिकारका लागि पहल गर्ने र भविष्यमा लोक दलसँग सहकार्य गर्दै अगाडी बढने बताए ।
भेटमा लोक दलका अध्यक्षका साथै महासचिव सी एन खड्गा, कोषाध्यक्ष इन्दिरा साह, केन्द्रीय सदस्यहरु योगेन्द्र पासवान, राम सिकिल चौधरी, अधिकलाल यादव, उपेन्द्र यादवको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया