समसानघाटमा सरसफाई सुरु

समाचार

1/7/2019

दिनेश ठाकुर, नेपालगन्ज, २२ पुस । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ताको पहलमा समसानघाटको सरसफाइ सुरु गरिएको छ ।

घाट करिब १०० कट्ठामा रहेको छ । गुप्ताले उत्तरतर्फको शवदाहस्थल नजिकै फुलवारी बनाउने सोच रहेको बताए । यसैगरी आरसिसी रोडको चारैतिर पनि फुलवारी राख्ने बताए ।

यसका लागि करिब तीन लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । गत आवमा १० लाख रुपैयाँ आरसिसी गरिएको छ ।

यसबर्ष चारैतिर फुलवारी बनाउने तयारी छ । उत्तर तिरमा जलाउन गरेको ठाउँलाई फुल बरि गर्ने बनाउने हो समसान घाटको सरसाफाई मा ३ लाख बराबरको खर्चमा घाटको आरसिसि रोडको चारैतिर फुलबारी गर्ने अध्यक्ष गुप्ताले बताएका छन् । हाइलोजन बत्ति जडान भईसकेको छ । अब माटो पटानको कार्य गरिदैंछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ