सुमो दुर्घटनामा एकको मृत्यु, चार घाइते

समाचार

2/17/2019

बारा, ४ फागुन । जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित आधाभार जंगलमा ना.१ ज.८३३० नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका सुमोमा सवार सोही उपमहानगरपालिका–४ बस्ने ४५ वर्षीया साबित्रा भण्डारी थापाको अल्पाइन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ