चन्दनकुमार यादव, राजविराज, २७ भाद्र । बरमझियाका युवाहरूलाई विदेश जाँदा तथा समस्यामा परेकाहरूलाई अपनाउनु पर्ने सावधानी वारेमा जानकारी गराइएको छ ।
मंगलबार कंचनरूप नगरपालीका वडा नम्वर ३ स्थित बरमझियामा सबल नेपाल राजविराजको आयोजनामा सम्भाबित आप्रवासी कामदार, रिटर्नि तथा तिनका परिवारका सदस्यहरू बिच सुरक्षित बैदेशिक रोजगार वारे अन्तक्रिया गरेको छ ।
वैदेशिक रोजगार लाई सुरिक्षत, मर्या्दित र लाभदाय बनाउने उदेश्यले युवाहरूको माध्यमवाट समुदायका मानिसहरू सबै कुरा बुझेर सीप सिकेर रकम बुझाउँदा अनिवार्य भरपाई लिएर जान जानकारी गराउन आग्रह गरिएको सबल नेपालका कार्यक्रम संयोजक असोक साहित्यकार बताए ।
बिदेश जाँदा धेरै युवाहरू केही नबुझी, सीप नसिकी जाँदा धेरै समस्या पर्ने गरेकोले सबै कुराको जानकारी लिएर जान तालिममा जानकारी गराएको हो ।
सो अवसरमा सामीरहेल्भेटास नेपाल सप्तरी जिल्ला परियोजना संयोजक देव नारायण चौधरीले बिदेश जादाँ सम्बन्धीत कामको सीप नसकि बिदेश जादाँ भने अनुसारको काम नपाउदाँ धेरै युवाहरू बिदेशमा बिचली हुने गरेकोले सबै कुरा बुझेर, सीप सिकेर गए समस्यामा नपर्ने बताए ।
तपाईको प्रतिक्रिया