इनरुवा, ३० भाद्र । सुनसरीको देवानगञ्ज गाउँपालिका ७ राजगञ्ज सिनुवारीमा रहेको सरस्वती आधारभुत विद्यालयमा नयाँ दुई कोठे भवन निर्माण गरिएको छ । विद्यालय, देवनागञ्ज गाउँपालिका ७ नम्बर वडा कार्यालयको समन्वय र सामुदायिक विकास कार्यक्रम सीडीपी तथा आरआरएनको सहयोगमा सरस्वती आधारभुत विद्यालयमा नयाँ भवन निर्माण गरिएको हो । भौतिक निर्माण अन्तरगत आरआरएन र सीडीपीको ३७ लाख तीन हजार ७५५ रुपियाँ ९ पैसाको लागतमा सरस्वती आधारभुत विद्यालयमा सुविद्यासम्पन्न भवन निर्माण भएको देवानगञ्ज ७ का वडा अध्यक्ष बद्री प्रसाद यादवले जानकारी दिए ।
विद्यालयमा एक हजार ४८० स्वाईर फिटको भवन बनाएको र क्रमशः कक्षा ८ हुदै माविसम्म पुरयाउने विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद यादवले जानकारी दिनुभयो । विद्यालयमा नयाँ भवन बनेसगैं मावि बनाउन सहज भएको यादवले बताउनुभयो ।
यता विद्यालय भवन सहित आरआरएनले देवानगञ्ज ६ को कजला कल्र्भट निर्माण १८ लाख ९९ हजार २७७ रुपियाँ ८१ पैसा लागतमा र देवानगञ्ज २ को स्वास्थ्य चौकीमा प्रसुति गृह निर्माण ३६ लाख दुई हजार ५१६ रुपियाँ ९० पैसाको लागतमा निर्माण सम्पन्न गरेको जनाएको छ । त्यसैगरी महाँ भगवती नागरिक सचेतना केन्द्रमा एक लाख रुपियाँ अनुदान दिएको छ । अनुदान र निर्माणको कार्यहरुमो प्रभावकारीता, गुणस्तर र दिगोपनाका लागि जिल्लाका प्रमुख सहितको अनुगमन टोलीले अनुगमन गरिएको छ ।
तपाईको प्रतिक्रिया