सवारी दुर्घटनामा मृत्यु

समाचार

10/5/2018

झापा, १८ असोज । मेचीनगर नगरपालिका–१३ कालीझोडास्थित सडकमा मे.१ ज २४६२ नम्बरको जिपले बिहीबार साईकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री झापा अर्जुनधारा नगरपालिका–१० बस्ने ६० वर्षीय बिष्णु प्रसाद बि.क.को बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका जिपमा सवार २ जना र १ जना साईकल यात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ