सशंकित रकमसहित गोविन्द पक्राउ

समाचार

7/27/2019

धनुषा, १० साउन । शहीदनगर नगरपालिका–३ यदुकुवाबाट सशंकित अवस्थामा हिँडिरहेका गोठकुवा बस्ने २१ वर्षीय गोविन्द यादवलाई ३ लाख ३९ हजार ५ सय रुपैयाँ नगद सहित प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित पारस मनिट्रान्सफरको सटरको ताल्चा फुटाई टेबलको घर्रामा रहेको उल्लेखित नगद रकम चोरी भएकोमा उक्त चोरीमा गोबिन्द संलग्न रहेको बुझिएको छ ।

साथै अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय रामु यादव समेतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ