सशस्त्र प्रहरी नायब उपरीक्षक निरंकर नाथ शुक्लाको ठुलो सफलता

समाचार

7/22/2019

नेपालगञ्ज, ६ साउन  । सशस्त्र प्रहरी बल ४० नं.गुल्म बाँकेले गत आर्थिक वर्ष २०७५–७६ मा ३० लाख मुल्यको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक निरंकर नाथ शुक्लाका अनुसार, भारतबाट भन्सार छलेर भित्राइएको विभिन्न सामान बरामद गरिएको थियो । सशस्त्र प्रहरीको सक्रियताले गर्दा भन्सारको बार्षिक लक्ष्य पुरा हुन सफल भएको हो । भन्सारमा चोरी निकासी विरुद्ध सशस्त्र प्रहरी सक्रिय भएर लागेको सशस्त्र प्रहरी नायब उपरीक्षक शुक्लाले बताए ।
नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक बर्षमा १२ अर्ब रुपियाँ भन्दा बढि राजश्व संकलन गरेका छन् । आर्थिक वर्ष २०७४–७५ भन्दा आर्थिक वर्ष २०७५–७६ मा चार अर्ब रुपिँया बढि राजश्व संकलन भएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयले चालु आवका लागि १५ अर्व रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको छ । सशस्त्र प्रहरी बल ४० नं. गुल्म बाँकेका सशस्त्र प्रहरी नायब उपरीक्षक निरँकार नाथ शुक्लाले सशस्त्र प्रहरीले भन्सार राजश्व बृद्धिका लागि सबै खालका भन्सार चोरी निकासीका काम नियन्त्रणका लागि लागिपरेको समेत बताए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ