सशस्त्र बलद्वारा नेपाल–भारत सीमा पिलरको निरीक्षण

समाचार

9/21/2018

काठमाडौं, ४ असोज । इलामको नेपाल–भारत सीमा क्षेत्रका सीमा पिलर र सीमा सुरक्षा अवस्थाको बारेमा अध्ययनको काम सम्पन्न भएको छ ।

इलामको सन्दकपुर गाउँपालिका ४ स्थित सन्दकपुरदेखि रोङ गाउँपालिका ६ स्थित जिर्मलेसम्म भारतसँग ४८ किलोमिटर सीमा जोडिएको छ ।

सीमा सुरक्षाको जिम्मा पाएको शसस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ इलामले नेपाल–भारत सीमा छुट्याउने सीमा पिल्लरको अध्ययन सम्पन्न गरेको हो ।

सशस्त्र प्रहरीका निरीक्षक हरि रिमालको नेतृत्वमा खटिएको ३१ जना प्रहरी टोलीले पहिलो चरणमा सूर्योदय नगरपालिका १ स्थित माने भञ्ज्याङदेखि रोङ गाउँपालिका ६ स्थित जिर्मलेसम्मको सीमा क्षेत्रको निरीक्षण र अध्ययन सम्पन्न गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ