सुस्तमनस्थिति र डिप्रेसनका बच्चाहरुको व्यवस्थापनबारे यूनिसेफका टोलीसँग छलफल

समाचार

11/9/2019

वीरगन्ज, २२ कार्तिक । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी र यूनिसेफका टोलीबिच मांसिक कमजोर भएको बच्चाहरुको व्यवस्थापनबारे छलफल भएको छ ।

नगर प्रमुख सरावगीको कार्यकक्षमा शुक्रबार दिउँसो महानगरपालिकामा रहेका सुस्तमनस्थिति एवम कुनै कारण बस डिप्रेशनमा रहेका बच्चाहरुको पहिचान गरि उनीहरुको उपचार सहितको व्यवस्थापन बारे छलफल भएको हो ।

कान्तिबाल अस्पतालका डा अरुणराज कुवर,यूनिसेफका वीरेन्द्र प्रधान,लता बज्रचार्य,प्रदिप कुमार श्रेष्ठ र घनश्याम कन्डेल सहितको टोलीसगं महानगरपालिकामा रहेका कमजोर मनस्थीती एवम डिप्रेशनमा परेका बच्चाहरुको व्यवस्थापनको लागी अभियानकै रुपमा अगाडि बढने छलफलमा निर्णय भएको महानगरपालिका स्वास्थ्य एवम समाजिक शाखाका प्रमुख अरुण कुमार महतोले बताए ।

उनले महानगरपालिका कार्यालयले महानगरपालिका भित्र रहेका त्यसता बच्चाहरुको पहिचान र समन्वयका लागी स्वास्थ्य महाशाखाबाट एक जना कर्मचारीलाई खटाइने छलफलमा निर्णय भएको महतोले बताए ।

महानगरपालिकाका कर्मचारीले यूनिसेफसगं समन्वय गर्दै महानगरपालिलेअन्तर्गतका रहेका बालचिकित्सकहरुको सहयोगमा उक्त अभियानलाई अगाडि बढाउने यूनिसेफसगं छलफलमा निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ