संसदीय समितिमा ६० प्रतिशत नेतृत्व सुखद : उपसभामुख

समाचार

9/23/2018

काठमाडौं, ६ असोज । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाका समितिहरुमा ६० प्रतिशत महिलाहरुले नेतृत्व गर्ने अवसर पाउनु सुखद भएको प्रतिक्रिया दिएकी छन् ।

काठमाडौंमा दुई दिनसम्म चलेको महिला कानुन व्यवसायीहरुको २७औं सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपसभामुख डा. तुम्बाहाङ्फेले राज्यका हरेक निकाय अब समावेशीकरणतर्फ उन्मुख भएको भन्दै खुसी व्यक्त गरिन् ।

‘लैंगिक प्रतिनिधित्व समानताका आधारमा हुनुपर्छ भन्ने महिला आन्दोलनको उद्देश्य थियो,’ उनले भनिन्, ‘विस्तारै व्यवहारमा लागू हुँदै जानु खुसीको कुरा हो ।’

प्रतिनिधिसभाका १० मध्ये ६ वटा समितिमा महिला सांसदहरुले नेतृत्व गरेका छन् भने राष्ट्रिय सभाका ४ मध्ये दुई र २ संयुक्त समितिमध्ये एकमा महिला सांसदले नेतृत्व गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ