रौतहट, २६ बैशाख । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ९ बैरियामा रहेको जो बैरिया गल्र्स स्कुलमा निर्माण हुने ७ कोठे छात्रावास भवनको रौतहट निर्वाचन क्षेत्र नम्बर २ ख प्रदेशसभाका सांसद रामकिशोर यादवले बिहीबार शिलान्यास गरेका छन् ।
प्रदेश सरकारको २५ लाखको लागतमा निर्माण हुने छात्रावास भवनको प्रदेश सांसद यादवले शिलान्यास गरेका हुन् । शिलान्यास पछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै सांसद यादवले प्रदेश सरकार शिक्षा, स्वास्थ्यको विकासप्रति चासो लिएको बताएका छन् ।
विद्यालयको साथै मुस्लिमहरुको मदरसाको स्तरोन्नति हुनु पर्ने सरकारको मुख्य उद्देश्य रहेको बताए ।
आफूले भएसम्म विकासको कार्यमा सहयोग गर्ने बताए । सुरक्षा तथा पर्याप्त भवन भएको उक्त गर्ल्स स्कुलमा ८ सय हिन्दू मुस्लिम समुदायको बालिका अध्यन गरिरहेको प्राध्यानध्यापक अनवारुल हकÞले बताए । अनाथ बालिकाहरुको रहने व्यवस्था समेत भएको उनले बताए ।
तपाईको प्रतिक्रिया