वीरगञ्ज, १९ चैत । पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हरिनारायण रौनियारले बाराको भलुही भरभलियामा हावाहुरीबाट घरबारविहीन भएका स्थानीय बासिन्दालाई राहत उपलब्ध गराएका छन् ।
ौनियारले विनाशकारी हावाहुरीका कारण क्षति व्यहोरेका स्थानीयलाई त्रिपाल र झुल वितरण गराएका हुन् ।
सांसद रौनियारको तर्फबाट उनका छोरा सुमितले मंगलबार बिहान भरभलिया पुगेर रातह सामग्री बाँडेका थिए । त्रिपाल र झुल बाँडिएको रौनियारले बताए ।
आमा र हजुरआमा गुमाएकी स्थानीय बालिका कलावतीका अभिभावकलाई ६ हजार रुपैयाँ नगद सहयोग पनि हस्तान्तरण गरिएको थियो ।
प्राकृतिक विपदको क्षति र पीडाको सबैले मिलेर सामाना गर्नुपर्ने भन्दै यो दुःखको घडिमा स्थानीयलाई साथ दिन सांसद रौनियारले अपिलसमेत गरे ।
प्रभावितलाई अत्यावश्यकीय राहतको कमी हुन नदिन उनले सरकारसँग माग गरेका छन् ।
सरकारले यथाशीघ्र मृतकका परिवारलाई उचित राहत, घाइतेको उपचार र भौतिक क्षतिको पुनर्निर्माण गर्नुपर्ने माग सांसद रौनियारको छ ।
यो दुःखद विपत्तिमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
तपाईको प्रतिक्रिया