सहचालक मृत फेला

समाचार

11/11/2018

धनगढी, २३ कार्तिक । धनगढी उपमहानगरपालिका—४ स्थित बस बिसौनी परिसरमा ना४ख ४२६४ नं. को बसका सहचालक मोहन बोहरा मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले बाजुरा जिल्लाको ढाटाकोटका अन्दाजी ४५ वर्षीय बोहरालाई बस बिसौनी परिसरमा मृत फेला पारिएको जानकारी दिए ।

बोहराको मृत्यु शङ्कास्पद रहेको छ ओलीले बताए । उक्त घटनामा अनुसन्धानका लागि चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ