रुपन्देही, ३ कार्तिक । बुटवल उपमहानगरपालिका–४ स्थित हाटबजारबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित पाल्पा तिनाउ गाउँपालिका–६ बस्ने ४८ वर्षीया नरकुमारी गाहालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी बिट अम्मरपथबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नर कुमारीले तरकारीको बोराभित्र लुकाई राखेको उक्त लागूऔषध गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यस्तै जनकपुर उपमहानगरपालिका–८ रमानन्दचोकबाट महोत्तरी पिपरा गाउँपालिका–१ बस्ने २४ वर्षीय श्रवण मिश्र र २२ वर्षीय सुमन कुमार मिश्रलाई नियन्त्रित लागूऔषध प्रोक्सीभ्यान ३० ट्याब्लेट र नाईट्राभेट ६२ ट्याब्लेट सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया