विराटनगर, ३ माघ । प्रदेश नं १ को विकास तथा समृद्धिमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सार्वजनिक, निजी र साझेदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र महासङ्घका अध्यक्ष भवानी राणाले मंगलबार सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।
समझदारी पत्रमा कृषि क्षेत्रमा व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरणका माध्यमबाट रोजगार, स्वरोजगारको सङ्ख्या वृद्धि गर्ने, हालको परनिर्भरताको अवस्थालाई आयात प्रतिस्थापनका माध्यमबाट विस्तारै कम गर्दै लैजाने, ग्रामीण पर्यटन र कृषि व्यवसायलाई सँगसँगै अघि बढाइ स्थानीयस्तरमै आयआर्जन र रोजगारी सिर्जना गर्ने, आगामी पाँच वर्षभित्रमा स्थानीय तहमा एक उद्योग स्थापना गर्न परियोजना बंैकको स्थापना गर्ने उल्लेख छ ।
तपाईको प्रतिक्रिया