काठमाडौं, २९ पुस । नेपाल हज कमिटीको अध्यक्षमा अर्घाखाँची बालकोटका शमशेर मियाँ नियुक्त भएका छन् ।
गृहमन्त्रीस्तरीय निर्णयबाट उक्त कमिटीको अध्यक्षमा उनलाई आइतबार नियुक्त गरिएको गृहमन्त्रालयले जनाएको छ ।
नेपाल हज समिति कार्यविधि २०७२ बमोजिम उहाँलाई दुई वर्षका लागि नियुक्त गरिएको हो । कमिटीले साउदी अरेबियाको मक्कामा हज गर्न जाने तीर्थयात्रीको व्यवस्थापन गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया