होटलमा काम लगाइदिन्छु भन्दै यौनधन्दामा लगाउने दुई जना पक्राउ

समाचार

8/4/2019

सुनसरी, १९ साउन । होटलमा काम लगाइदिने भन्दै दुई किशोरीलाई यौनधन्दामा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईटहरी उपमहानगरपालिका–६ स्थित होटलमा काम लगाइदिन्छु भन्दै लोभलालचमा पारी २ किशोरीलाई यौनधन्दा गराएको अभियोगमा पाँचथर फिदिम फलैचा–८ बस्ने ३० वर्षीया बिनु सुब्बा र महोत्तरी बर्दिबास नगरपालिका–१२ बस्ने २९ वर्षीय सरोज कार्कीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मोरङ बेलबारी बस्ने २१ वर्षीया र सुनसरी ईटहरी बस्ने १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारी यौनधन्दा गराएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ