शक्तिमानको डिलर मिट होटल मकालुमा सम्पन्न

समाचार

8/22/2019

वीरगंज, ५ भाद्र । कृषि क्षेत्रमा नेपालमै छुट्टै पहिचान बनाएको भारतीय कम्पनी शक्तिमानको डिलर मिट कार्यक्रम होटल मकालुमा सम्पन्न भएको छ ।

नेपालका लागि अधिकृत विक्रेता मनोज इन्टरनेशनलको आयोजनामा डिलर मिट कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीले विगतमा उत्पादन गरेका कृषियन्त्रको प्रगति तथा विश्वसनीयता विषयमा छलफल भएको थियो ।

सो अवसरमा कम्पनीका संचालकहरुले कृषियन्त्रको उत्पादन गर्ने यस कम्पिनिले आगामी दिनमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी अझ नयाँ कृषियन्त्र निर्माण गर्ने दावी गरेका छन् ।

शक्तिमान कम्पनीका नेशनल हेड रवि माथुर, नेपाल–विहारका बजार व्यवस्थापक विकाश झा तथा मनोज इन्टरनेशनलका सञ्चालक सजन चाचानले कार्यक्रममा डिलरहरुसँग छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ