कपिलवस्तु, ४ फागुन । हात्तिपाइले रोग विरुद्धको अभियानलाई आफु सक्दो सघाउने बुद्धभूमि नगरपालिकाका सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।
जिल्लामा यही फागुन १५ गते हात्तिपाइले रोग विरुद्धको अभियान सञ्चालन हुँदैछ । यही अभियान अन्तर्गत शनिबार नगरपालिकामा आयोजित अन्तर्रक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।
जिल्लामा १२ वर्षदेखि अभियान सञ्चालन भएपनि प्रभावकारी हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै आ–आफ्नो क्षेत्रबाट आफु सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा उपस्थित राजनीतिक दलका अगुवा, सामाजिक क्षेत्रका अगुवा, शिक्षाप्रेमी, सञ्चारकर्मी सबैले नगरभित्रका सबै नागरिकलाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउनुपर्नेमा जोड दिएका थिए ।
अन्तरक्रियामा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले हात्तिपाइले रोग विरुद्धको औषधि सबैले सेवन गर्नुपर्नेमा जोड दिए । औषधि आफ्ना लागि खानुपर्ने भएकोले हेलचेक्राई नगर्न नगरबासीलाई आग्रह गरे ।
अभियानमा आफु संगै सिंगो नगरपालिकाले महत्वपूर्ण भूमिका खेल्ने बताए । स्वास्थ्यकर्मीहरु औषधि वितरणका लागि घरघरमा आउने भन्दै सबैले औषधि खाएर अभियानलाई सफल पार्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया