हानद्वारा र्याली प्रदर्शन

समाचार

1/13/2019

काठमाडौं, २९ पुस । विभिन्न मागहरु राखी आन्दोलनरत् रहेको हेल्थ असिस्टेन्ट एसोसिएसन अफ नेपाल (हान)ले र्याली प्रदर्शन गरेको छ ।

आइतबार बिहान माइतीघर मण्डलाबाट निकालिएको र्याली नयाँ बानेश्वर पुगी पुनः माइतीघर मण्डलामै आएर कोणसभामा परिणत भएको थियो ।

हानले चरणबद्धरुपमा आन्दोलन गर्दै आएको छ । हानका प्रतिनिधिहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवेश गर्न नदिएपछि मण्डलामै प्रदर्शन गरिरहेको छ ।

हानले प्रस्तावित दरबन्दी संरचना संशोधन गर, शौक्षिक योग्यता र लोकसेवाको प्रक्रियाको कदर गर, स्वास्थ्य सेवामा गुणस्तरीयताको सुनिश्चित गरजस्ता नाराहरु लेखिएको प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ