हिन्दू परिषद्को वडा कमिटी गठन

समाचार

11/25/2018

बीरगंज, ८ मंसिर । हिन्दू परिषद् नेपालले वीरगंज महानगरपालिकाको बडा न.३ छपकैयामा ७५ सदस्यीय र बड़ा न.१२ मुर्लिमा ५१ सदस्यीय बड़ा कमिटि गरेको छ ।

छपकैयामा गठीत कमिटिको अध्यक्षमा शकर साह सोनार, उपाध्यक्ष संतोष गुप्ता,सचिव राजु साह,सह(सचिव हरी यादव,कोषाध्यक्ष संदीप महतो,सल्लहकारहरुमा मिश्री यादव, सुरेश श्रीवास्तव, योगेन्द्र साह सोनार,तरुण साह,गोबिन्द मेहता,जोखू सोनार,सदस्य हरुमा ओमबाबू सोनार,नन्दू ठाकुर,मुकेश प्रजापति,करण सरार्फ,बिरेन्द्र दास, मोहन पटेल,सुरेश पासी सहित ७५ जना रहेका छन् ।

बडा कमिटि गठन कार्यक्रमलाई सम्बोधन गर्दै हिन्दू परिसद नेपालका राष्ट्रीय अध्यक्ष संतोष पटेलले नेपाल लाई पुनः हिन्दू रास्ट्र बनाउनको लागी सम्पूर्ण नेपालीहरुको साथ एवं सहयोग अपरिहार्य रहेको बताउदै आज नेपालमा बिभिन बहाना बनाई हिन्दू माथि अन्याय,शोषण,बिभेद भई रहेकोले तपाई हामी समय मै सजक हुन जरूरी रहेको बताए।पटेलले हिन्दू परिसद ४० जिल्लामा आफ्नो शाखा बिस्तार गरी हिन्दू रास्ट्रको लागी सघर्ष गरी रहेको बताउदै हामी आफ्नो टोलरछिमेकमा संगठित भई आ(आफ्नो क्षेत्र बाट नेतृत्व दाई भुमिका निर्वाह गर्ने बेला आएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ