वीरगंज, २४ कार्तिक । हिन्दू परिषद् नेपाल प्रदेश २ को बैठक वीरगंजस्थित गोपाल मण्डलीमा सम्पन्न भएको छ ।
प्रदेश अध्यक्ष पंडित सचितानंद दुबेको सभापतित्वमा सम्पन्न बैठकले संगठन बिस्तार कार्यलाई तीब्रता दिने, हरेक जिल्लामा प्रशिक्षण दिने एवं सभा गर्ने र मंसिर १५ गते वीरगंजमा प्रदेश भरीका अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको महासचिव प्रमोद सिंहले बताए ।
बैठकलाई सम्बोधन गर्दै हिन्दू परिषद् नेपालका रास्ट्रीय अध्यक्ष संतोष पटेलले नेपाल लाई पुनः हिन्दू रास्ट्र घोषणा गराउनको लागी परिसद हाल नेपालको ४० जिल्लामा शाखा एवं संगठन बिस्तार गरी कार्य गरी रहेको बताए ।
यो वर्ष भित्र नेपालको ७७ जिल्ला मै संगठन बिस्तार गर्ने लक्ष्य लिएको र सो कार्यमा सम्पूर्ण नेपाली जनताको साथ एवं सहयोग पाइरहेको बताए ।
त्यसैगरी हिन्दू परिसद नेपाल बिरगंज महानगरपालिका वडा न. १५ भेडि़हारीले छठ पर्वको पावन अवसर मा श्री सातोमाई मन्दिर र हनुमान मन्दिर सरसफाई गरेको छ ।
इकाई अध्यक्ष किशोरी सोनारको अगुवाईमा भएको सरसफाई कार्यक्रममा हिन्दू परिषद् नेपालका राष्ट्रीय अध्यक्ष संतोष पटेल, प्रदेश न.२ का महासचिव प्रमोद सिंह सहित स्थानीयको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया