हरियाणामा इन्डो–नेपाल हिन्दी विमर्श

समाचार

9/20/2019

काठमाडौं, २ असोज । भारतको हरियाणामा हिन्दी दिवसको अवसरमा इन्डो–नेपाल हिन्दी विमर्श एवम् पुरस्कार समारोह आयोजना गरिएको छ ।

मनुमुक्त मानव मेमोरियल ट्रस्ट नारनौल हरियाणाद्वारा आयोजित कार्यक्रममा हिन्दी भाषाको सम्वद्र्धन एवम् प्रवद्र्धनसँग सम्बन्धित व्यक्तित्वलाई सम्मानित एवं पुरस्कृत गरिएको थियो ।

इन्डो–नेपाल हिन्दी विमर्शका मुख्य वक्ता अलीगढ उत्तर प्रदेशका डा. पशुपतिनाथ उपाध्याय, जबलपुर मध्यप्रदेशका डा. राकेश भ्रमर, भिवानी हरियाणका डा. बाबुराम महला, राजस्थानका डा. सुमेरु सिंह यादव र काठमाडौंकी डा. श्वेता दीप्ति रहेका थिए । त्यस अवसरमा उनीहरु सबैलाई सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ