काठमाडौं, ७ असोज । प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका राम मनोहर यादवको विषयमा तथ्यहरु सार्वजनिक गर्न स्वतन्त्र मधेश गठबन्धनले पत्रकार सम्मेलन गर्न लागेको छ ।
गठबन्धनले असोज ८ गते सोमबार दिउँसो २ बजे काठमाडौंको अनामनगरस्थित हनुमानस्थानचौकमा रहेको मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गर्न लागेको जनाएको छ ।
राम मनोहरको मृत्युको कारण, पोष्टमार्टममा ढिलाई, समातिनुपर्ने कारण लगायतका तथ्यहरु सार्वजनिक गरिने गठबन्धनले जनाएको छ ।
तपाईको प्रतिक्रिया