जनकपुरधाम, २६ चैत । बारा र पर्साका हावाहुरी पीडितहरुको राहतका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले पाँच लाखभन्दा बढी रुपैयाँ सहयोग गरेको छ ।
राष्ट्रिय विद्यार्थी संघको पहलमा नेपाल शैक्षिक परामर्श संघले मुख्यमन्त्री राहत कोषमा पाँच लाख दुई हजार पाँच सय ७६ रुपैयाँ प्रदान गरेको हो ।
प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलको उपस्थितिमा संघले मुख्यमन्त्री मो.लालबाबु राहत गद्दीलाई उनकै निवासमा भेटी पीडितहरूको राहत स्वरूप सो रकम हस्तान्तरण गरेका हो ।
तपाईको प्रतिक्रिया