११ शहरमा हिन्दू परिषद् नेपालले जनजागरण सभा गर्ने

समाचार

4/19/2019

वीरगंज, ६ बैशाख । हिन्दू परिषद् नेपालले जनजागरण सभा गर्ने भएको छ । बैशाख र जेष्ठ महिनामा नेपालको प्रमुख ११ शहरमा हिन्दू राष्ट्रका लागि जनजागरण सभा गर्ने परिषद्का केन्द्रीय अध्यक्ष संतोष पटेलले वीरगंजमा संचारकर्मीहरुसँग भेटघाटको क्रममा बताए ।

२०७२ सालमा वीरगंजमा स्थापना भएको हिन्दू परिषद् नेपाल हाल ५० जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ । शासन व्यवस्था जे होस नेपाल हिन्दू राष्ट्र हुनु पर्छ भन्ने मूल्यमान्यताको साथ धार्मिक एवम् सामाजिक कार्य गर्दै आएको छ ।

परिषद्ले मुख्य रूपमा सनातन हिन्दू धर्मको संरक्षण र सम्बर्धन गर्ने, मठ मन्दिर सरसफाई, संगठित हिन्दू समृद्ध नेपाल अभियान, जातीय छुवाछुत एवं विभेदमुक्त समाज निर्माण अभियान, ५ वर्षमा २५ लाख नेपालीलाई जोडने महाअभियान, धर्म परिवर्तन विरुद्ध महाअभियान, गौ माताको संरक्षण र सम्बर्दन अभियान, समान उदेश्य बोकेको संगठनसँग समन्वय र सहकार्य गरी कार्य गर्दै आएको अध्यक्ष पटेलले बताए ।

बैशाख र जेष्ठ महीनामा रौतहटको शिवनगर,सर्लाहीको मलंगवा,महोत्तरीको जालेश्वर, धनुषाको जनकपुरधाम,मोरंगको बिराटनगर, सुर्खेतको बिरेंद्रनगर, बाकेको नेपालगंज, पर्साको बीरगंज, भक्तपुर, पाल्पा,बाग्लुंगमा हिन्दू परिषद नेपालले जनजागरण सभा गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ