आगलागीबाट १६ लाखको धनमाल नष्ट

समाचार

8/8/2019

मोरङ, २२ साउन । बेलबारी नगरपालिका–११ बस्ने सुजन राईको घरमा करेन्ट सर्ट भई आगलागी भएको छ ।

मंगलबार बेलुका आगलागी हुँदा उक्त आगो फैलिएर अन्य २ वटा घर समेत जली करिब १६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आगलागी भएको स्थानमा तत्काल खटी गएको प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ