८ लाख बराबरको औषधी निःशुल्क वितरण

समाचार

2/12/2019

यहि माघ २४ गते सिन्धुलीको खाङसाङ र २६ गते रामेछापको गाल्पामा भएको शिविरबाट त्यस क्षेत्रका १००० जना भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । ३ जना वरिष्ठ चिकित्सक ६ चिकित्सक तथा ९ जना नर्स सहितको टोलीले स्वास्थ्य परीक्षण गरेको राष्ट्रिय युवा परिषद् नेपालका प्रशासकीय प्रमुख नारायण कृष्ण श्रेष्ठले जानकारी दिए ।

दुई जिल्लाको निःशुल्क स्वास्थ्य शिविरमा दाँत, हात खुट्टा, ढाड कम्मर पोल्ने, झमझमाउने, बाथ रोग, युरिक एसिड, सुगर रोग, मुटुको समस्या, नाक कान घाँटी सम्बन्धी समस्या,खाना मन नलाग्ने, अनिन्द्रा, झस्कने, तर्सर्ने, आलस्या हुने, ओछ्यानमा पिसाप गर्ने, साथै स्त्री सम्बन्धी महिनावारी अनियमित हुने लगायत रोगका बिरामीहरु आएका थिए ।

संस्थाका अध्यक्ष डा. रमनले शिबिरमा परामर्श केन्द्र नै राखेर स्वास्थ्य सम्बन्धी सचेतनामूलक जानकारीका साथ यस्ता समस्याको न्युनीकरणको लागि अपनाउन सकिने घरेलु उपायका बारेमा समेत जानकारी दिएको बताए ।

डा. रमनका अनुसार स्वास्थ्य चेकअप पछि दुई जिल्लाका बिरामीहरुलाई ८ लाख भन्दा बढीको औषधी निःशुल्क बितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ