सप्तरी, ११ वैशाख । खड्क नगरपालिका–१० ईनर्वाफुलबडिया बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने ४२ वर्षीय लाल मोहमद मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सोही स्थानमा रहेको फुलेश्वर इँटाभट्टाको कम्पाउण्डभित्र कोही नभएको अवस्थामा गत बैशाख ६ गते मियाले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले मियालाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया