कांग्रेसबाट टिकट नपाएपछि डा.अमरेश सिंहद्वारा स्वतन्त्र उम्मेद्वारी

समाचार

सर्लाही, २३ असोज । नेपाली कांग्रेसको शेखर कोइराला समूहका प्रभावशाली नेता डा.अमरेश कुमार सिंहले सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र मनोनयन दर्ता गराएका छन् ।

पछिल्लो समय सिंह आफ्नै गृहजिल्लामा पार्टीकै जिल्लाका नेता कार्यकर्ताहरुले डा.सिंहलाई जसरी टिकट नदिने अभियानमा लागेका थिए ।

कांग्रेसको जिल्ला तथा प्रदेश समितिले पनि डा.सिंहको नाम सिफारिस गरेको थिएन भने जिल्ला समितिले कारबाहीसमेत गरेको थियो ।

पाँच दलीय गठबन्धनको सिट बाँडफाँडमा सर्लाही ४ कांग्रेसकै भागमा परेपनि जिल्ला समितिले डा.सिंहको सट्टा गगन थापाको नामा सिफारिस गरेका थिए ।

डा.सिंहले अन्तिम समय आफूले नै सर्लाही ४ बाट टिकट पाउने दाबी गर्दै आएका थिए । तर पार्टीले टिकट नदिने भएपछि मनोनयन दर्ताको पूर्वसन्ध्या उनले जुनसुकै हालतमा आफ्नो मनोनयन दर्ता गराउने आफ्ना सामाजिक सञ्जालमा भनेका थिए ।

डा.सिंह पटक–पटक सर्लाहीबाट निर्वाचन जित्दै आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ