कम्प्युटर वैज्ञानिक राउतको ‘पलिटिकल प्रोग्रामिङ ओपन’, सरकार बनाउन लबिङ सुरु

समाचार

काठमाडौं, २३ मंसिर । कम्प्युटर वैज्ञानिक डा. सीके राउतको पलिटिकल प्रोग्रामिङ ओपन भएको र उनले मधेश प्रदेशमा आफ्नो नेतृत्वको सरकार बनाउन लबिङ गर्न काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरूसँगको भेटघाट सुरु गरेका छन् ।

सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा दोब्बर मतान्तरसहित विजयी भएका राउत जनकपुर हुँदै मंसिर १३ गते काठमाडौं पसे । राजधानी पसेलगत्तै उनले विभिन्न पार्टीका नेतासँगको भेटघाटमा व्यस्त रहेका छन् ।

राजधानी प्रवेश गरेयता दर्जन जति नेताहरूसँगको भेटघाट सकाइसकेका राउतको पहिलो कार्य मधेशमा जनमत पार्टीको नेताको नेतृत्वमा सरकार गठन गर्ने प्रोग्रामिङको पहिलो भाग पूरा गर्नु रहेको छ ।

राउतको सचिवालयले सार्वजनिक गरेको आधारमा उनले दर्जन जति नेताहरूसँगको भेटघाट गरेका हुन् । यसका अतिरिक्त भएका भेटघाट पनि नभएको होइन् ।

सार्वजनिक गरिएका नेताहरू सत्तागठबन्धनका नेताहरू मात्र रहेका छन् । गरेका छन् ।

राउतले जेलमा रहेका रेशम चौधरीदेखि लिएर तीन जना पूर्वप्रधानमन्त्री तथा वहालवाला प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई भेटिसकेका छन् ।

मंसिर १३ गते काठमाडौं आउने क्रममा जनकपुर विमानस्थलमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग अध्यक्ष सीके राउतको भेट भएको र त्यहाँ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम बनेको थियो ।

उनले विमलेन्द्र निधिसँग त्यसको भोलिपल्ट अर्थात मंसिर १४ गते उनको निवासमै गएर भेटे र १५ गते कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवासँग भेट्ने कुरो तय भएको थियो ।

बालुवाटारको भेटमा अध्यक्ष राउतले सत्ता गठबन्धनले बनाउने सरकारलाई सघाउने प्रतिवद्धता जनाएको कांग्रेस नेता निधिले सार्वजनिक गरेका थिए । राउतले त्यसको पुष्टि गरेका थिए ।

त्यही दिन अध्यक्ष राउतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणसँग छुटुटाछुट्टै भेट गरे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट विभिन्न स्रोतबाट भेटघाट सत्ता साझेदारीको कुरो रहेको थियो ।

मंसिर १७ गते अध्यक्ष राउतलाई उनकै पार्टीले काठमाडौंमा बधाई तथा शुभकामनाका लागि कार्यक्रम आयोजना गरेको थियो ।

त्यसको भोलिपल्ट मंसिर १८ गते जनमतका अध्यक्ष राउतले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र सो पार्टीका प्रवक्ता डा.प्रकाशरण महतलाई छुट्टाछुट्टै भेटे।

मंसिर १९ गते अध्यक्ष राउत नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीलाई भेट्न जेल मै पुगे ।

रेशम चौधरीसँग राउतका अतिरिक्त सत्ता गठबन्धनको नेतृत्वमा बन्ने सरकारलाई सघाउनेमा विषयमा माओवादीका अध्यक्ष प्रचण्ड, नेसपाका अध्यक्ष बाबुराम भट्टराई, लोसपाका नेता शरतसिंह भण्डारीलगायत नेताले छुट्टाछुट्टै भेटिसकेका छन् ।

अध्यक्ष राउतले त्यही दिन नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्राई, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई छुट्टाछुट्टै भेटे । उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेता नेपालको कोटेश्वरस्थित निवासमा भेटेका थिए ।

यसअघि मंसिर १५ गते नै राउतले प्रचण्डलाई उनकै निवासमा गएर भेटिसके पछि नेपाल निवासको यो भेटलाई राजनीतिकरूपमा महत्वपूर्ण मानिएको छ ।

अध्यक्ष प्रचण्डले कांग्रेससँग कुरा नमिले एमालेसँग मिलेर वाम गठबन्धन बनाएर सरकार बनाउने अभिव्यक्ति दिइसकेपछि राउतसँगको यो भेट भएको हो ।

राउतको यो क्रमलाई जनमत पार्टीका अध्यक्ष राउतको पलिटिकल प्रोग्रामिङ अपन भएको टिप्पणी गर्न थालिएको छ । सरकारमा सहभागी भएर जनतालाई राहत दिने प्रोग्रामिङको यो पहिलो डोमेन हो । यो सफल नभए प्रतिपक्षी भएर बस्ने डोमेनमा काम सुरु गरिने र त्यो आन्दोलनको डोमेन हुने सो पार्टीका एक नेताले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ