प्रधानमन्त्रीसँग भेटे खानेपानीमन्त्री खान, यथास्थितिमा कार्यभार नसम्हाल्ने अडान

समाचार

काठमाडौं, ४ माघ । खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री खानले प्रधानमन्त्री प्रचण्डसँग भेटेर आफूहरुसँग गरिएको सहमति पालना गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री आफूहरुको आग्रहप्रति सकारात्मक रहेको मन्त्री खानले मधेशवाणीलाई बताएका छन् । खानले सहमतिबमोजिम उद्योग मन्त्रालय नपाए खानेपानीमा बस्नुको औचित्य नरहेको बताएका छन् ।

जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने आश्वासनमा खानले मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

मंगलबार प्रधानमन्त्री प्रचण्डको मन्त्रिमण्डल विस्तार हुँदा खानलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएको थियो । तर, मन्त्री मन्त्रालयमा कार्यभार सम्हाल्न उपस्थित भएनन् ।

उद्योग मन्त्रालय नपाएपछि असन्तुष्ट बनेको जनमतले सरकारलाई दिएको समर्थनबारे विचार गर्ने प्रक्रिया दिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ