जनमत परित्याग गरी राष्ट्रिय स्वराज पार्टीमा प्रवेश हुने होडबाजी

समाचार

दिनेश ठाकुर, नेपालगन्ज, ७ फागुन । जनमत पार्टी बाँकेका युवा नेता नसिम सलमानी, नसिम खाँ, तथा सब्बीर खाँ पार्टी परित्याग गरि राष्ट्रिय स्वराज पार्टीमा सदस्यता लिइ प्रवेश गरेका छ।

नसिम सलमानीले विभिन्न आरोप लगाउँदै भनेका छन्, ‘जनमत पार्टीमा हामीले लगातार दिनरात काम गर्दै आएको तर जनमत पार्टीमा हैकमवादी प्रवृत्ति मौलाउँदै गएको छ, आफ्नै नेता कार्यकर्ता माथि अन्याय गरि पैसा पावरको लागि जेपनि गर्न पछि पर्दैन त्यसैले हामीले जनमत पार्टी परित्याग गरि राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छौं ।’

शनिबार उनीहरूले राष्ट्रिय स्वराज पार्टीका अध्यक्षलाई भेटी सदस्यता ग्रहण गरेका छन् ।

उनले अझै पनि हजारौं नेता कार्यकर्ता पार्टी छोड्ने निश्चित रहेको राष्ट्रिय स्वराज पार्टी बाँकेका जिल्ला सभापति अब्दुल कादिर साईले जानकारी दिए ।

राष्ट्रिय स्वराज पार्टीका केन्द्रीय संयोजक इरफान अहमद शेषलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ