बारा, १२ बैशाख । बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मतगणना परिमाणअनुसार सत्तारुढा पाँच दलीय गठबन्धनको साझा उम्मेद्वार रहेका उपेन्द्रले १२ हजार १ सय २१ मतका साथ अग्रता कायम राखेका हुन् ।
यता, जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ७ हजार ६ सय ९३ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् ।
यस्तै नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले चार हजार ३ सय २८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले १ हजार ९ सय ४१ मत प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया