काठमाडौँ । नेकपा एमालेले गणतन्त्र स्थापना भएको १८ वर्ष भएको अवसरमा प्रदर्शन गरेको छ ।
गणतन्त्र दिवसका अवसरमा एमालेले विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाँकीसहित ¥यालीको आयोजना गरेको हो ।
भृकुटीमण्डपबाट सुरु भएको ¥याली विभिन्न स्थान हुँदै रत्नपार्क पुगेर समापन भएको थियो । गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो पटक उत्सवका रूपमा काठमाडौँ लगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
प्रतिक्रियावादी तत्त्वहरूले गणतन्त्रलाई चुनौती दिन खोजेका बेला एमालेले उत्सवका रूपमा मनाएको भन्दै उनले यसलाई कब्जाको भाषाका रूपमा नबुझ्न आग्रह गरे ।
¥यालीका क्रममा ‘गणतन्त्र जिन्दाबाद’, ‘गणतन्त्रको रक्षा गरौँ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद’, लगायतका नारा लगाइएको थियो ।
तपाईको प्रतिक्रिया