नेपाल राष्ट्रिय सर्वोदय आधारभूत विद्यालयको ४ कोठे पक्की भवन शिलान्यास

समाचार

महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.२ धिरापुर आवरमा रहेको नेपाल राष्ट्रिय सर्वोदय आधारभूत विद्यालयको ४ कोठे पक्की भवन निर्माण कार्यको शिलान्यास भएको छ ।

मटिहानीका मेयर हरिप्रसाद मण्डलले सो विद्यालयको भवन शिलान्यास गरेका हुन् ।

उक्त विद्यालय भवनको शिलान्यास गर्दै नगर प्रमुख मण्डलले यस नेपाल राष्ट्रिय सर्वोदय आधारभूत विद्यालयमा भवनको अभावले पठन पाठन हुँदै आएको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

उक्त ४ कोठे विद्यालय पक्की भवन मटिहानी नगरपालिकाको करिब ८४ लाखको लागतमा निर्माण हुने कुरा पालिकाका प्राविधिकले जानकारी दिए ।

कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मोहम्मद रयूफ, मटिहानी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष शिवशंकर कुमार राय, नेपाली काँग्रेसका नेता गरीब दास ठाकुर, खुर्शेद कवारी, वड़ा नं.२ का पूर्व वड़ा अध्यक्ष शिवचन्द्र झा, शिक्षा संयोजक श्रीश मिश्र, वि.व्य.स. अध्यक्ष सत्यनारायण यादव, लोसपाका मोसाफिर सहनी, राम जतन यादव, बैकुण्ठ यादव, प्र.अ. लक्ष्मण मण्डल, अरुण ठाकुर, कैलाश यादव, वड़ा सदस्यहरु लगायत स्थानीयहरु सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ